संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध सम्पन्न अनिल कुमार साहको अध्यक्षतामा कार्यसमिति गठन

संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध सम्पन्न अनिल कुमार साहको अध्यक्षतामा कार्यसमिति गठन

संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध सम्पन्न
अनिल कुमार साहको अध्यक्षतामा कार्यसमिति गठन

मिति २०८३ भाद्र २८ गते, आईतबार, मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति सदस्यहरुको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । संघको विधान तथा नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवारहरु संघको ३५औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् । 

त्यसका साथै, आजै सम्पन्न संघको नवगठित ३५औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३५औँ कार्यसमितिको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मतबाट चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी, उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ, महासचिवमा अमित कुमार सारदा, सचिवद्वय अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु र प्रवक्तामा सुशिल सुराना चयन भएका छन् । 

त्यस्तै, निर्वाचनबाट निर्विरोध निर्वाचित राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक),  विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु कार्यसमिति सदस्यका रुपमा रहेका छन् भने डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मा कार्यसमिति सदस्यमा मनोनित भएका छन् । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष अनुपम राठी ३५औँ कार्यसमितिको पदेन सल्लाहकारका रुपमा रहेका छन् ।

त्यसका साथै, ३५औँ कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यहरुका रुपमा मनोनयन गर्नुका साथै महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरेको छ ।