सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र
मिति २०८१ जेष्ठ २१ गते, सोमबार मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रुपमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू र अर्थमन्त्री माननीय वर्षमान पुनज्यूसँग भेटगरी आ.व. २०८१।०८२को आर्थिक नीतिमा गरिनु पर्ने सुधारहरु बारे ज्ञापन पत्र बुझाउनु भएको थियो । संघका अध्यक्ष श्री अनुपम राठीज्यू र परिसंघ कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यूले संघ र परिसंघद्वारा संयुक्त रुपमा तयार पारिएको उक्त ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भई मुलुकको आत्मनिर्भता एवं स्वदेशी उत्पादनको संरक्षणार्थ आगामी वर्षका लागि जारी गरिएको आर्थिक नीतिमा उद्योग/व्यवसाय क्षेत्रका लागि गरिएका केहि व्यवस्थाहरु सुधार गर्नु पर्ने बताउँदै त्यसका निमित्त सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन जोडदार माग गर्नु भएको थियो । सो क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले आर्थिक मेरुदण्डीय उद्योग/व्यवसाय क्षेत्रका हकहित, संरक्षण एवं विकासार्थ सरकारले विशेष संयन्त्रहरु अपनाई रहेको बताउनु भई संघ र परिसंघद्वारा पेश गरिएका सुझावहरुलाई समेत आगामी दुई दिन भित्र आ.व. २०८१।०८२को आर्थिक नीतिको संशोधनमा समावेश गराउने आश्वासन दिनु भएको छ । सो ज्ञापनपत्र हस्तान्तरण गर्ने क्रममा विभिन्न संघ/संस्थाका प्रमुख एवम् पदाधिकारीज्यूहरुको समेत उपस्थिति रहेको थियो ।