महिला उद्यम समिति सदस्य गठन
मिति २०८१ जेष्ठ २५ गते, शुक्रबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीज्यूले ३४औं कार्यसमितिको कार्यकालमा संघका गतिविधि तथा दैनिक कार्यहरुलाई विषयगत रुपमा वर्गिकृत गरी सशक्त एवम् प्रभावकारी रुपले अघि बढाउने उद्देश्यका साथ महिला उद्यम समिति गठन गरी संयोजक श्री श्रुती शर्माज्यूलाई महिला उद्यम समितिको जिम्मेवारी दिनुभए पश्चात संयोजक शर्माज्यूले आफ्नो संयोजकत्वमा ८ जना सदस्य गठन गर्नुभएको छ । सदस्यहरुमा श्री साधना झाज्यू, श्री जीना श्रेष्ठज्यू, श्री नम्रता रिजालज्यू, श्री अपर्णा सारडाज्यू, श्री रेखा राठीज्यू, श्री सुनिता अग्रवालज्यू, श्री जीना थापाज्यू, श्री अन्जु बस्नेत श्रीवास्तवज्यू रहनु भएको छ ।