प्रमुख कर अधिकृतको विदाई कार्यक्रम
मिति २०८१ जेठ २७ गते, आईतबार, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीज्यूलाई विदाई गरेको छ ।
नेपाल सरकारलाई ३२ वर्ष सम्म निजामती सेवा दिनु भएका डा. क्षेत्रीलाई आज संघका अध्यक्ष श्री अनुपम राठीज्यू र परिसंघका अध्यक्ष श्री पवन कुमार सारडाज्यूले संघको सभाकक्षमा एक कार्यक्रम आयोजना गरी विदाई गर्नु भएको हो ।
विगत १ वर्ष ८ महिना देखि विराटनगरको अन्तरिक राजस्व कार्यालयमा सेवा दिँदै यस आर्थिक करिडोरका कर प्रशासनलाई सकुशल सम्हाल्नु भई डा. डि.बि. क्षेत्रीज्यूले २०८१ जेठ २९ गते देखि निजामती सेवाबाट अनिवार्य अवकाश लिने हुनु भएकोले वहाँको अवकाशको पूर्वसंध्यामा आज संघमा विदाई कार्यक्रम राखिएको थियो ।
मोरङ उद्योग व्यापार संघका महासचिव श्री संजय कुमार श्रेष्ठज्यूले संचालन गर्नु भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै संघका अध्यक्ष श्री अनुपम राठीज्यूले डा. डि.बि. क्षेत्रीज्यूले आफ्नो कार्यकालमा समग्र कर प्रशासनको सुधार तथा उद्योगी, व्यवसायी तथा करदाताहरु प्रति प्रदान गर्नु भएको सद्भावपूर्ण सेवा एवं शिष्ट व्यवहारको सह«ाना गर्दै आभार प्रकट गर्नु भएको थियो ।
गत वर्ष राष्ट्रिय कर दिवस २०८०को अवसरमा आन्तरिक राजस्व विभागले प्र.क.अ. डा. क्षेत्रीज्यूको कार्यकुशलताको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेकोले त्यसका लागि समेत अध्यक्ष श्री राठीज्यूले वहाँलाई बधाई ज्ञापन गर्नु भई नेपाल सरकारको कर प्रशासन व्यवस्थापनमा वहाँले जिम्मेवारीपूर्ण कर्तव्यनिष्ठ सेवा सबैका लागि पे्ररणादायी हुने र सदा स्मरणीय रहने बताउनु भएको थियो ।
साथै, अध्यक्ष श्री राठीज्यूले वहाँको अवकाश पश्चात् सुखमय, सु–स्वास्थ्य तथा दीर्घ जीवनको शुभकामना व्यक्त गर्नु भई वहाँको सम्मान स्वरुप संघको तर्फबाट कदर पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यूले पनि आफ्नो मन्तव्य दिन भई परिसंघको तर्फबाट समेत वहाँलाई कदर पत्र प्रदान गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरेज्यू, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश मून्दडाज्यू सहित संघ र परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, आन्तरिक राजस्व कार्यालयका कर अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।