सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मिति २०८१ आषाढ १६ गते, आइतबार, मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकालज्यूलाई संघको सभामा स्वागत गरी सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । मोरङ उद्योग व्यापार संघका का.वा.अध्यक्ष श्री अनिल कुमार साहज्यू र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यूले संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकालज्यू र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक श्री भीम बहादुर दाहालज्यूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री नवराज कार्कीज्यू लगायत प्रहरी निकायका उच्चपदस्थ अधिकृतज्यूहरु, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुरानाज्यू, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत विभिन्न संघ/संस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला र युवा उद्यम समितिका संयोजकज्यूहरु र सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीको उपस्थिति रहेको थियो ।