अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीतिहरुको सुधारका लागि संघको ज्ञापन पत्र

अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीतिहरुको सुधारका लागि संघको ज्ञापन पत्र

अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीतिहरुको सुधारका लागि संघको ज्ञापन पत्र

मिति २०८१ मंसिर २० गते, मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीज्यूको नेतृत्वमा गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेलज्यू र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईज्यूलाई निजहरुको कार्यस्थलमा भेट गरी नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको थियो ।