पूर्व प्रधानमन्त्री र पूर्व अर्थ मन्त्रीलाई उद्योग/व्यवसाय क्षेत्रको समस्या निराकरणार्थ पहल गर्न संघको अनुरोध

पूर्व प्रधानमन्त्री र पूर्व अर्थ मन्त्रीलाई उद्योग/व्यवसाय क्षेत्रको समस्या निराकरणार्थ पहल गर्न संघको अनुरोध

पूर्व प्रधानमन्त्री र पूर्व अर्थ मन्त्रीलाई उद्योग/व्यवसाय क्षेत्रको समस्या निराकरणार्थ पहल गर्न संघको अनुरोध

मिति २०८१ मंसिर २२ गते, शनिबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठी सहितको टोलीले विराटनगर पाल्नु भएका पूर्व प्रधानमन्त्री माननीय शेर बहादुर देउवा र पूर्व अर्थ मन्त्री माननीय डा. प्रकाश शरण महतलाई भेटघाट गर्नु भई उद्योग/व्यवसाय क्षेत्रको विद्यमान समस्याहरुबाट अवगत गराउनु भएको छ ।

भेटघाटका क्रममा अध्यक्ष श्री राठीले नेपालको ह«ासोन्मूख अर्थतन्त्र, सिमावर्ति बजारका खुल्ला कारोबार र चोरी पैठारीका समस्या, उद्योगहरुमा भई रहेका विद्यूत आपूर्तिका समस्या, नेपालको अत्याधिक बीमा शुल्क लगायत विषयहरु माननीयज्यूहरु समक्ष अवगत गराई ती समस्याहरुको निराकरणका लागि तत्कालै सरकारबाट ठोस कदमहरु चालिनु पर्ने बताउनु भई सोका लागि आवश्यक पहल गरिदिन माननीय पूर्व प्रधानमन्त्रीज्यू र पूर्व अर्थ मन्त्रीज्यूलाई अनुरोध गर्नु भएको थियो ।

टोलीमा संघका अध्यक्ष श्री अनुपम राठी सहित संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नीवन रिजाल, संघका पूर्व अध्यक्ष श्री महेश जाजु, संघका पूर्व अध्यक्ष एवं सि.एन.आई., कोशीका अध्यक्ष श्री पवन कुमार सारडा, संघका पूर्व अध्यक्ष श्री प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साह, सचिव श्री अमित सारडा लगायत उद्योगी/व्यवसायीहरुको सक्रीय सहभागिता रहेको थियो ।