कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघहरुसँग छलफल
मिति २०८१ माघ २१ गते सोमबार, मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीको सभापतित्वमा कोशी प्रदेश भरिका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु एवम् प्रतिनिधिहरुसँग संघमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्री टिकाराज ढकाल र कार्यसमिति सदस्यहरु, भोजपुर उद्योग वाणिज्य संघ, धनकुटा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, कन्काई उद्योग वाणिज्य संघ, खोटाङ्ग उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, तेह्रथुम उद्योग वाणिज्य संघ, संखुवासभा उद्योग वाणिज्य संघ, संघका शाखा संघहरु, पथरी उद्योग वाणिज्य संघ र सुन्दरहरैचा उद्योग वाणिज्य संघ सहित नेपाल प्लाइउड उत्पादक संघका अध्यक्षहरु एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
२०८१ माघ २१ गते, सोमबार ।