संघद्वारा विद्यूत सुरक्षा विषयक तालिम संचालन
मिति २०८१ माघ २५ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय प्रतिष्ठानमा विद्यूतको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, गुणस्तरको मापन लगायत ध्यान दिनु पर्ने विषयहरुलाई समेटी एक दिने निःशुल्क तालिम आयोजना गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा कार्यकारिणी सदस्य एवं उर्जा समितिका संयोजक शुशिल सुरानाले Emerging trends in Electrical Safety, Product Quality and Application विषयक उक्त तालिम कार्यक्रम संचालन गर्नु भएको थियो ।
विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका इलेक्ट्रीसियन तथा विद्यूत प्राविधिकहरुलाई प्रशिक्षण दिने उद्देश्यले संचालित उक्त तालिममा भारतबाट पाल्नु भएका विद्यूतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौँबाट पाल्नु भएका विषेशज्ञहरु, इन्जीनियर मनिष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।