संघको ६८औं वार्षिक साधारण सभा सम्पन्न

संघको ६८औं वार्षिक साधारण सभा सम्पन्न

संघको ६८औं वार्षिक साधारण सभा सम्पन्न

मिति २०८२ जेष्ठ २ गते, शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । संघका अध्यक्ष श्री अनुपम राठीज्यूको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापाज्यू, अतिथिहरुमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्री माननीय राम बहादुर मगरज्यू, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय भुपेन्द्र राईज्यू, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू उपस्थित रहनु भएको थियो ।

संघका महासचिव श्री संजय श्रेष्ठज्यूले संचालन गर्नु भएको उक्त सभामा संघका पूर्व अध्यक्षज्यूहरु, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्षज्यू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यज्यूहरु, उद्योग संगठन मोरङका अध्यक्षज्यू, प्रहरी प्रमुखज्यूहरु, विभिन्न जिल्लाबाट पाल्नु भएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विराट व्यापार संघका अध्यक्षज्यू, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीज्यूहरु, मोरङ उद्योग व्यापार संघको शाखाका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु, नेपाल पत्रकार महासंघ, कोशी प्रदेश र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षज्यूहरु, विभिन्न टे«ड युनियनका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यज्यूहरु, युवा उद्यम तथा महिला उद्यम समितिका संयोजकज्यू तथा सदस्यज्यूहरु, संघका साधारण सदस्यज्यूहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीज्यूहरु, लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सभाका प्रमुख अतिथि संघीय सरकारका माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू समक्ष संघका अध्यक्ष श्री अनुपम राठीज्यूले आर्थिक क्षेत्रमा देखिएका विभिन्न समस्या र समाधानका विषय समेटिएको विषय वस्तुबारे जानकारी गराउनु भएको थियो ।