संघमा नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशकको स्वागत
मिति २०८२ जेठ ८ गते, बिहिबार, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक श्री हितेन्द्र देव शाक्यज्यू, उप–निर्देशक श्री दिर्घायु श्रेष्ठज्यू लगायत प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक श्री राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख श्री सरोज कुमार साहलाई संघमा स्वागत गरी भेटघाट गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाले संयुक्त रुपमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्य लगायत प्राधिकरणका उप–निर्देशक, प्रदेश प्रमुख र विराटनगर शाखा प्रमुखलाई स्वागत गरी मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्यूत समस्याहरु बारे अवगत गराउनु भएको थियो ।
संघका सचिव श्री अमित सारडाद्वारा संचालित सो कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरे, संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश मून्दडा नेपाल विद्युत प्राधिकरण विराटनगरका अधिकृतहरु, संघ तथा परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, संघका युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतकोे सहभागिता रहेको थियो ।