संघद्वारा नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक विजटक कार्यक्रम संचालन

संघद्वारा नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक विजटक कार्यक्रम संचालन

संघद्वारा नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक विजटक कार्यक्रम संचालन

मिति २०८२ असार ७ गते, शनिबार, मोरङ उद्योग व्यापार संघको आयोजना तथा रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लव अफ विराटनगरको सहयोगमा ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ (Effect of Share Market on Nepalese Economy) विषयक विजटक कार्यक्रम आयोजना गरिएको छ ।

मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य एवं विजटक कार्यक्रमका संयोजक श्री ओम प्रकाश शर्माको संयोजकत्वमा संघमा आयोजित उक्त विजटक कार्यक्रममा प्यानलिष्टको रुपमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनन्त चापागाई, विशाल मैदा मिल प्रा.लि.का प्रबन्ध निर्देशक श्री बिकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिज प्रा.लि.का प्रोमोटर श्री निखिल अग्रवाल र मोडरेटरको रुपमा श्री केतन बोहराको उपस्थिति रहेको थियो । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष श्री विवेक अग्रवालको सहकार्यमा रोटरेक्ट क्लब अफ विराटनगरका अध्यक्ष श्री पे्रम पारखद्वारा संचालित उक्त कार्यक्रमलाई शुभकामना सेक्युरिटिज प्रा.लि.ले प्रायोजन गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा संयोजक श्री ओम प्रकाश शर्माले नेपालको शेयर बजारको विद्यमान अवस्था र आगामी दिनका अपेक्षाहरु बारे आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा संयोजक शर्माले नेपालको शेयर बजार हाल विकासशील तर अस्थिर अवस्थामा रहेको बताउनु भएको थियो । विद्यमान अवस्था हेर्दा नेपाली शेयर बजारको आकार ठुलो हुँदै गईरहेको तर कतिपय अस्पष्ट नीतिहरुका कारण शेयर बजारमा उतार चढाव भई नै रहने जिकिर गर्नु भएको थियो । नियमन सुधार, आई.पी.ओ. खुल्ने दर वृद्धि तथा निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक नीतिहरुबाट नेपाली शेयर बजार दीर्घकालिन रुपले सशक्त हुने, लगानीकर्ताहरुको आकर्षण बढ्ने र आर्थिक वृद्धिको एक महत्वपूर्ण माध्यम समेत बन्ने धारणा व्यक्त गर्दै बताउँदै संयोजक शर्माले त्यसका लागि सम्बन्धित तथा नियामक निकायले तत्कालै ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भएको थियो ।

साथै, कार्यक्रममा मोडरेटर र प्यानलिष्टहरु बीच नेपाली शेयर बजारको विद्यमान अवस्था र सुधारका विषयहरुमा चर्चा परिचर्चा हुनुका साथै सहभागीहरुबाट उठेका जिज्ञासाहरु प्रति प्यानलिष्टहरुले आ–आफ्ना धारणाहरु व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष श्री अनुपम राठी सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा उद्यम समितिहरु, महिला उद्यम समितिहरु, रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरका पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, उद्योगी÷व्यवसायीहरु, शेयर लगानीकर्ताहरु, संचारकर्मीहरु, आम सर्वसाधारण लगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमलाई मकालु टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।