संघको महिला उद्यम समितिद्वारा आयोजित तिजोत्सव २०८२ कार्यक्रम भव्यतापूर्वक सम्पन्न
मिति २०८२ श्रावण २२ गते, बिहिबार, नेपालीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा आयोजित तिजोत्सव २०८२, शुभकामना आदान प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको उपस्थिति रहनुका साथै विशिष्ठ अतिथिको रुपमा बुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती अमृता कुमारी गच्छदार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उप–सचिव श्रीमती जानुका न्यौपाने, नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष श्रीमती गिरिजा सारडा, जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरीक्षक श्रीमती कोपिला चुँडाल र नेपाल पत्रकार महासंघकी अध्यक्ष श्रीमती शुशिला पाठकको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको औपचारिक सत्रमा स्वागत मन्तव्य दिँदै समितिकी संयोजक श्रुती श्रर्माले उपस्थित सबैलाई तिज पर्वको शुभकामना दिनु भई घर, समाज र देशलाई सम्मुन्नत बनाउन महिलाहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भएको थियो । साथै, वहाँले महिलाहरुले शारीरिक र मानसिक स्वास्थ्यको पनि ख्याल राखी आफ्नो ईच्छा, चाहना र लक्ष्यलाई मूर्त रुप दिनुपर्ने र त्यसको लागि आत्मविश्वासका साथ एकजुट भएर आफ्नो व्यक्तिगत, व्यवसायिक, सामाजिक र राजनितिक जीवनमा योगदान दिन अघि बढ्नु पर्ने आवश्यकता रहेको औँल्याउनु भएको थियो ।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निराला कार्कीले पनि तिजोत्सव २०८२ आयोजक र उपस्थित सबैलाई तिजको शुभकामना दिनु भई आफूले विगत देखि नै महिलाहरुले समानता र स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको, संविधानमा महिलाहरुकालागि गरिएको ३३ प्रतिशतको आरक्षणको व्यवस्थाले महिला अधिकार सुनिश्चित नहुने हुँदा त्यसलाई ५० प्रतिशत पु¥याउनु पर्ने तथा समानताको हक अधिकार प्राप्तिका लागि समेत महिलाहरु एकजुट भई आवाज उठाउनु पर्ने बताउनु भएको थियो । साथै, तिज पर्वमा महिलाहरुले भगवान् शिवजी र वहाँकी अर्धाङ्गिनी माता पार्वतीलाई आस्था एवं भक्तिका साथ पुजन गर्ने गरिएको हुँदा माता पार्वती संयमता र शक्तिको प्रतिक रहनु भएको स्मरण गराउँदै कार्कीले महिला दिदिबहिनीहरुले पनी आफुभित्र रहेको शक्तिको पहिचान गरी एक अर्काको प्रेरणा र शक्ति बन्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमको औपचारिक सत्रमा विशिष्ट अतिथिहरुले समेत शुभकामना व्यक्त गर्दै आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । सो क्रममा विशिष्ट अतिथि बुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले महिलाहरुको हक अधिकारको लागि कानून बनेतापनि व्यवहारिक रुपमा अझै पनि महिलाहरु शारीरिक, मानसिक र सामाजिक उत्पीडनमा रहेको बताउँदै आफ्नो अधिकार प्राप्तिका निम्ति आफैँले आवाज उठाउनु पर्ने, आत्मनिर्भर हुनुपर्ने र सोका लागि बुढिगंगा गाउँपालिकाले उद्यमशिलता प्रवद्र्धनका योजना तथा तालिमहरु कार्यन्वयनमा ल्याएको जानकारी गराउनु भएको थियो । साथै, विशिष्ट अतिथि, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव जानुका न्यौपानेले महिलाहरुको सशक्तिकरण र आत्मनिर्भताको लागि शुभकामना दिनु हँुदै विभिन्न कार्य क्षेत्रमा आवद्ध महिला प्रतिनिधि तथा उद्यमी महिलाहरुलाई संघमा आमन्त्रण गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्नु भएको थियो । साथै, विशिष्ट अतिथि नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका उपाध्यक्ष गिरिजा सारडाले तिज शक्तिको पर्व भएको र यो पर्वमा पहिरन तथा श्रृंगारमा महिलाहरुले प्रयोग गर्ने रातो रंग तागत र शक्तिको प्रतिक भएकोले महिलाहरुले आफुमा रहेको शक्तिको पहिचान गर्नुपर्ने तथा उद्यम तथा अन्य क्षेत्रमा महिलाको सहभागिता, आत्मनिर्भरता, सशक्तिकरण र सामाजिक समावेशिकरण सशक्त रुपमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरिक्षक कोपिला चुँडालले समाजमा महिला र पुरुषको सह–अस्तित्व हुनुपर्ने, महिलाहरुको सशक्तिकरणको निम्ति पुरुषहरुको साथ र सहयोगको अहम भुमिका रहनु पर्ने, महिलाहरुमाथि हुने सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि महिलाहरु सचेत हुनुपर्ने तथा ऐक्यबद्धताको लहरमा अगाडि बढ्नुपर्ने बताउनु भई महिलाहरुको हक र सुरक्षाको प्रवद्र्धनको लागि जिल्ला प्रहरी कार्यालय, मोरङ प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो । त्यसैगरी, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकले तिज पर्वको शुभकामना व्यक्त गर्दै समयक्रममा भएका हरेक परिवर्तन सँगसँगै महिलाका हक अधिकारका आवाज सुनिश्चितताका लागि आवाज उठाउनु पर्ने र महिला दिदिबहिनीहरुको आर्थिक, सामाजिक र राजनैतिक तहमा पहुँच र सहभागिता हुनुपर्नेमा जोड दिनु भएको थियो ।
संघको महिला उद्यम समितिद्वारा आयोजित उक्त तिजोत्सव २०८२ कार्यक्रमलाई समितिकी सह–संयोजक साधना झाले सहजीकरण गर्नु भएको थियो भने सचिव जीना श्रेष्ठले सो कार्यक्रमलाई संचालन गर्नु भएको थियो । तिजोत्सवमा औपचारिक सत्र पश्चात् शुभकामना आदान प्रदान, कविता वाचन, मनोरञ्जनात्मक खेल, साँगितिक र चियापान कार्यक्रमहरु समावेश गरिएका थिए भने कार्यक्रममा उल्लेख्य सहभागिता रहेका विभिन्न संघ÷संस्थाका महिला समितिका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायका महिला प्रतिनिधिहरु, महिला उद्यमीहरु, मोरङ उद्योग व्यापार संघ महिला परिवार लगायतका महिलाहरुले सो तिजोत्सवलाई हर्षोल्लासका साथ मनाएका थिए ।