संघद्वारा विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण भेटघाट

संघद्वारा विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण भेटघाट

मिति २०८२ भाद्र ४ गते, बुधबार मोरङ उद्योग व्यापार संघको टोलीले र झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण भेटघाट गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ र शिवशताक्षी उद्योग वाणिज्य संघमा भ्रमण भेटघाट गरेको थियो ।

उद्योग वाणिज्य संघहरुमा भ्रमणका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष, पदाधिकारीहरु र कार्यसमितिहरुसँग भेटघाट गरी उद्योग वाणिज्य संघहरुसँग आफ्नो संघको सम्बन्ध थप प्रगाढ बनाउने तथा उद्योग/व्यवसाय क्षेत्रका साझा समस्याहरु निराकरणार्थ ऐक्यबद्ध भई अघि बढ्ने उद्देश्यले भ्रमण भेटघाटको कार्यक्रम आयोजना गरेको बताउँदै समसामायिक विषयहरुमा छलफल गर्नु भएको थियो ।

टोलीमा संघका अध्यक्ष राठी, निवर्तमान अध्यक्ष रिजाल सहित वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता रहेको थियो ।