प्रमुख जिल्ला अधिकारी श्री युवराज कटेलज्यूको स्वागत

प्रमुख जिल्ला अधिकारी श्री युवराज कटेलज्यूको स्वागत

मिति २०८२ कार्तिक २३ गते, आइतबार मोरङ उद्योग व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री युवराज कटेलज्यूलाई स्वागत गरेको छ ।

संघका अध्यक्ष श्री अनुपम राठीज्यू सहित गएको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङको सभाकक्षमा स्वागत गरेको हो ।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, महासचिव श्री संजय कुमार श्रेष्ठज्यू, सचिव श्री अमित शारदाज्यू, का.का.सदस्यहरु श्री अमित राठीज्यू, डा. वन्दना जैनज्यू, महिला उद्यम समिति संयोजक श्री श्रुति शर्माज्यू र प्रमुख कार्यकारी अधिकृत श्री भरत शर्मा प्रसाईज्यूको सहभागिता रहेको थियो ।

Download