वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षकज्यूसँग छलफल
मिति २०८२ मंसिर १ गते, सोमबार काठमाडौंबाट संघको सचिवालयमा पाल्नु भएका सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक श्री दिगविजय सुवेदीज्यू, सशस्त्र प्रहरी उपरीक्षक श्री राजेश घिमिरेज्यू, सशस्त्र प्रहरी नायव उपरीक्षक श्री विकास खतिवडाज्यूसँग संघका अध्यक्ष श्री अनुपम राठीज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमितिज्यूहरु, आमन्त्रित सदस्यज्यूहरु र महिला उद्यम समितिका सदस्यज्यूहरुले स्वागत गरी नेपाल–भारत सीमा क्षेत्रका देखिएका समस्या, चोरी पैठारी लगात शान्ति सुरक्षा विषयमा छलफल गर्नुभएको थियो ।