मोरङ उद्योग व्यापार संघ र भारतीय दूतावासद्वारा संयुक्त रुपमा भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण क्याम्प संचालन
मोरङ उद्योग व्यापार संघ र भारतीय दूतावासद्वारा संयुक्त रुपमा भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण क्याम्प संचालन
मिति २०८२ मंसिर ६ गते, नेपालमा अध्ययनरत तथा विभिन्न उद्योग–व्यवसायमा संलग्न भारतीय नागरिकहरुको दर्ता तथा नवीकरणका लागि मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससंगको संयुक्त सहकार्यमा दुई दिने रजिष्ट्रेशन क्याम्प संघको प्राङ्गणमा सुरु गरेको छ । क्याम्प मंसिर ६ गतेदेखि मंसिर ७ गतेसम्म संचालन हुनेछ ।
पहिलो दिनमै यस भेगका अधिकांश भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण कार्य भएको छ भने क्याम्प भोलि पनि विहान ९ बजेदेखि साँझ ४ बजेसम्म निरन्तर सञ्चालन हुनेछ ।
दर्ता तथा नवीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन मोरङ उद्योग व्यापार संघले समन्वय तथा प्राविधिक सहजीकरण गरेको छ । कार्यक्रमको औपचारिक उद्धघाटन संघका अध्यक्ष श्री अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी प्रतिनिधि आर.पि. सिंहले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
यस अभियानमा संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहको समन्वयात्मक भूमिका निर्वाह गर्नु भएको छ भने संघका पदाधिकारी, कार्यसमिति सदस्य र सचिवालयका कर्मचारीहरुको सक्रीय सहयोग रहेको छ ।