संघमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति लगायत पदाधिकारीहरुसँग छलफल

संघमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति लगायत पदाधिकारीहरुसँग छलफल

मिति २०८२ मङ्सिर ११ गते, बिहीबार मोरङ उद्योग व्यापार सङ्घमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति, प्रा. डा. विजु कुमार थपलियाज्यू, रजिष्टार प्रा. डा. कल्यानी मिश्रा त्रिपाठीज्यू, डिनसहितका वरिष्ठ शैक्षिक तथा प्रशासनिक अधिकारीज्यूहरूको उपस्थितिमा औद्योगिक–शैक्षिक साझेदारीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भयो। यस छलफलमा सङ्घका तर्फबाट अध्यक्ष श्री अनुपम राठीज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, उपाध्यक्ष श्री विकास कुमार वेगवानीज्यू, महासचिव श्री सञ्जय श्रेष्ठज्यू तथा प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको थियो।

उद्योग तथा शैक्षिक क्षेत्रबीच दीर्घकालीन सहकार्य, अनुसन्धान–मैत्री वातावरणको प्रवर्द्धन, उद्यमशीलता विकासका सम्भावित मार्गहरू तथा सङ्घद्वारा आयोजना हुन लागेको Birat Trade Expo 2025 मा विश्वविद्यालयको सहभागिताका विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।

छलफलमा दुवै संस्थाका पदाधिकारीज्यूहरूले आफ्ना विचारहरू प्रस्तुत गर्दै भविष्यमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।