सिप विकासका लागि संघ र इन्स्योर/हेल्भेटस परियोजना बीच सम्झौता सम्पन्न

सिप विकासका लागि संघ र इन्स्योर/हेल्भेटस परियोजना बीच सम्झौता सम्पन्न

सिप विकासका लागि संघ र इन्स्योर/हेल्भेटस परियोजना बीच सम्झौता सम्पन्न

कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) अन्तर्गत निजी क्षेत्रको अर्थपूर्ण संलग्नता अभिवृद्धि गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघ र Enhanced Skills for Sustainable and Rewarding Employment (ENSSURE) परियोजना अन्तर्गतको Helvetas Swiss Inter cooperation बीच सहकार्य सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार मोरङ उद्योग व्यापार संघले आफ्ना सदस्य उद्योगहरुसँग समन्वय गरी अप्रेन्टिसहरुलाई उद्योगमा व्यवस्थापन, उद्योगहरुलाई आवश्यक पर्ने सीपहरुको पहिचान तथा सीप अभिवृद्धिका लागि आवश्यक तालिमहरु बारे जानकारी संकलन गर्नेछ । साथै, अप्रेन्टिससिप कार्यक्रममा सहभागी हुन इच्छुक सम्भावित उद्योग तथा कम्पनीहरुको सूची व्यवस्थापन गरी संघले प्राविधिक विद्यालयहरुलाई समेत उद्योगहरुमा अप्रेन्टिसको व्यवस्थापन गर्न सहयोग गर्नेछ ।

अप्रेन्टिससिप कार्यक्रम अन्तर्गत सम्भावित उद्योगहरुको विवरण (रोस्टर) तयार गर्ने, कार्यरत कामदारहरुको छनोट, तालिम तथा सीप अभिवृद्धि कार्यक्रमको गुणस्तर अनुगमन तथा प्राविधिक विद्यालयलाई उद्योगसँग जोड्ने प्रणाली स्थापना गर्ने उद्देश्यले सो सहकार्य अघि बढाइएको संघका अध्यक्ष अनुपम राठीले बताउनु भयो । साथै अध्यक्ष राठीले उक्त सहकार्यले कोशी प्रदेशमा दक्ष जनशक्ति उत्पादन, उद्योग–शिक्षा सहकार्य सुदृढीकरण तथा दिगो रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको बताउनु भयो ।

उक्त सम्झौता पत्रमा मोरङ उद्योग व्यापार संघका तर्फबाट अध्यक्ष अनुपम राठी र इन्स्योर÷हेल्भेटस नेपाल, कोशी प्रदेशका तर्फबाट प्रदेश प्रबन्धक विकास पन्थीले हस्ताक्षर गर्नु भएको थियो भने सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह सहित इन्स्योरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।