संघमा व्यवसाय र मानव अधिकार विषय छलफल कार्यक्रम सम्पन्न

संघमा व्यवसाय र मानव अधिकार विषय छलफल कार्यक्रम सम्पन्न

मिति २०८३ जेठ ७ गते, मोरङ उद्योग व्यापार संघको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशी प्रदेशले संघमा व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र विशिष्ठ अतिथिको रुपमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश प्रमुख विर बहादुर बुढामगर र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको उपस्थिति रहेको थियो ।

विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुबाट करिब ५० जनाको सहभागिता रहेको सो कार्यक्रममा मानव अधिकार अभियन्ता देवी वास्कोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा व्यवसाय र मानव अधिकारको अन्तर सम्बन्ध, उद्योगी/व्यवसायीको संरक्षण एवं सम्वद्धनार्थ राज्यको भूमिका, व्यवसायद्वारा सामाजिक उत्तर दायित्व, व्यवसाय र मानव अधिकार सम्बन्ध संयुक्त राष्ट्र संघीय सिद्धान्त २०११ लगायतका विषयहरुमा जानकारी गराई छलफल तथा अन्तरक्रिया गरिएको थियो ।