संघमा आ.व. २०८२/०८३ को बजेट भाषण अवलोकन

संघमा आ.व. २०८२/०८३ को बजेट भाषण अवलोकन

संघमा आ.व. २०८२/०८३ को बजेट भाषण अवलोकन

मिति २०८२ जेष्ठ १५ गते, बिहिबार, नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण मोरङ उद्योग व्यापार संघको सभा हलमा अवलोकन गर्ने कार्यक्रम राखिएको थियो । कार्यक्रम पश्चात् संघका का.वा.अध्यक्ष श्री अनिल कुमार साह, पूर्व अध्यक्षहरु श्री महेश जाजु, पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडा र पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश मून्दडा, संघका उपाध्यक्ष (वाणिज्य) श्री अनिल सारडा त्यसैगरी उपाध्यक्ष (उद्योग) श्री बिकास कुमार बेगवानीले संचारकर्मी समक्ष बजेट बारे आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा संघका का.वा.अध्यक्ष, पूर्वअध्यक्षहरु, लगायत पदाधिकारीहरु, कार्यसमिति सदस्य, युवा उद्यम समिति र महिला उद्यम समिति संयोजकहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।