संघमा ENSSURE परियोजनाका कोशी प्रदेश प्रबन्धकसँग छलफल

संघमा ENSSURE परियोजनाका कोशी प्रदेश प्रबन्धकसँग छलफल

 

मिति २०८२ मंसिर १२ गते, शुक्रबार मोरङ उद्योग व्यापार संघमा स्विस सरकारको सहयोग तथा Helvetas द्वारा सञ्चालित ENSSURE परियोजनाका कोशी प्रदेश प्रबन्धक श्री विकास पन्थीज्यू तथा कोशी प्रदेश TVET संयोजक श्री रेखा उप्रेतीज्यूको उपस्थितिमा ENSSURE परियोजना र मोरङ उद्योग व्यापार संघबीच साझेदारीको सम्भावनाबारे महत्वपूर्ण छलफल सम्पन्न भयो।

उक्त छलफलमा मोरङ उद्योग वाणिज्य संघतर्फबाट वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार शाहज्यू, उपाध्यक्ष श्री विकास बेगवानीज्यू, महासचिव श्री संजय श्रेष्ठज्यू, कार्यकारिणी सदस्य श्री सुशिल सुरानाज्यू, कार्यकारिणी सदस्य श्री धिरज मोहताज्यू, प्रमुख कार्यकारी अधिकृत तथा संघका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकका दौरान व्यावसायिक सीप विकास, तालिमका अवसरहरूको विस्तार तथा मोरङ उद्योग व्यापार संघ र TVET प्रणालीबीचको सहकार्यलाई सुदृढ बनाउने सम्भावित क्षेत्रहरूबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो।

साझेदारीको माध्यमबाट स्थानीय उद्योगहरूको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति उत्पादन तथा रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले दुवै संस्थाले आगामी दिनमा सहकार्यका बारेमा छलफल गरिएको थियो । उपस्थित सहभागीहरूले यस प्रकारको सहकार्यले प्रदेशको औद्योगिक क्षमताको वृद्धि तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्यारउने विश्वास व्यक्त गर्नुभएको थियो ।