संघमा Industrial Power Control Automation विषयक सात दिने तालिम सम्पन्न

संघमा Industrial Power Control Automation विषयक सात दिने तालिम सम्पन्न

मिति २०८२ श्रावण २० गते मंगलबार, मोरङ उद्योग व्यापार संघको उर्जा समितिद्वारा आयोजित Industrial Automation Power Control विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

२०८२ श्रावण १४ गते देखि २० गते सम्म संघको समृद्धि हलमा संचालित उक्त तालिममा विभिन्न उद्योगहरुका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, Automation Control, Programmable Logic Controller (PLC), Motor Drive, विद्युत सुरक्षाका उपायहरु र उर्जा दक्षता सम्बन्धी बिषयहरुमा सैद्धान्तिक र व्यवहारिक सीपहरु प्रशिक्षण गराइएको हो ।

आज आयोजित सो तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मुलभूत उद्देश्य बमोजिम उद्योग/व्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध बिषयका तालिम तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भई आगामी दिनमा समेत संघले त्यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराउनु भएको थियो ।

सोही क्रममा संघका महासचिव संजय कुमार श्रेष्ठले तालिमबाट प्रदत्तित सिपहरु उद्योगहरुका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरुले ती सिपहरु आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्यूत सम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताउँदै सोका लागि सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै, संघका कार्यकारिणी सदस्य तथा संघको उर्जा समितिका संयोजक शुशिल सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा समेत संघबाट त्यस प्रकारका प्रयोगात्मक तथा उपयोगी तालिमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी, तालिमका सहजकर्ता शंकर कामतले संघले आफूलाई मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा कार्यरत विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुलाई आधुनिक औद्योगिक विद्युत प्रणालीसँग सम्बन्धित Automation Control, PLC, विद्युत सुरक्षा लगायत अत्यावश्यक बिषयहरुको प्रशिक्षण दिने अवसर प्रदान गरेकोमा संघ प्रति आभार प्रकट गर्नु भएको थियो । साथै, वहाँले आगामी दिनमा समेत त्यस्ता महत्वपूर्ण विषयहरुको तालिमको आवश्यकता रहने बताउनु भई त्यस्ता तालिमहरुलाई निरन्तरता दिन संघलाई आग्रह गर्नु भएको थियो ।

त्यसैगरी, तालिममा सहभागी प्रशिक्षार्थीहरु मध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलराम कुमार साहले आफुले तालिमबाट प्राप्त गरेका सिपहरु उद्योगको विद्यूत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा समेत संघबाट संचालन गरिने त्यस प्रकारका तालिमहरुमा आफू सहभागी हुन इच्छुक रहेको बताउनु भएको थियो ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुको उल्लेख्य सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र समेत वितरण गरेको थियो ।