BIZ TALK कार्यक्रम

BIZ TALK कार्यक्रम

BIZ TALK कार्यक्रम

मिति २०८१ जेष्ठ २५ गते, शुक्रबार मोरङ उद्योग व्यापार संघले POST BUDGET - CHALLENGES & missing OPPORTUNITIES विषय BIZ TALK कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष श्री अनुपम राठीज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री एवं ने.क.पा. (एमाले)का उपाध्यक्ष माननीय सुरेन्द्र प्रसाद पाण्डेज्यू, पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापाज्यू, अर्थविद् डा. गोपीलाल न्यौपानेज्यू, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति श्री महेश कुमार जाजूज्यू प्यानलिष्टका रुपमा रहनु भएको थियो । कार्यक्रममा मोडरेटरका रुपमा कान्तिपुर मेडिया ग्रुपका आर्थिक व्यूरो प्रमुख श्री कृष्ण आचार्यज्यू हुनुहुन्थ्यो भने संघका महासचिव श्री संजय कुमार श्रेष्ठज्यूले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यू, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष श्री नन्दकिशोर राठीज्यू, विराट व्यापार संघका अध्यक्ष श्री अंशु बन्जराज्यू, संघका पूर्वअध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, युवा उद्यम समितिज्यूहरु, महिला उद्यम समितिज्यूहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीको सहभागिता रहेको थियो ।