Healthy Lifestyle Transformation विषयक कार्यक्रम
मिति २०८२ असार १ गते, आइतबार महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघले स्वास्थ्य जिवनशैली (Healthy Lifestyle Transformation) विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यम समितिकी संयोजक श्री श्रुति शर्माको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाई समितिकी सचिव श्रीमती जिना श्रेष्ठले संचालन गर्नु भएको थियो भने सिनियर हेल्थ कोच श्री अमोल चारडेले दैनिक जिवनमा उपयोग हुने खानपानबाट के कस्ता समस्याहरु देखापर्दछ, स्वास्थ्यकर खाना कसरी लिन सकिन्छ लगायतका विविध विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमितिहरु, युवा उद्यम समिति संयोजक, महिला उद्यम समिति सदस्यहरु, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनितिज्ञ व्यक्तिहरु लगायत विभिन्न संघ–संस्थाका महिला उद्यम समितिकी अध्यक्षहरु तथा प्रतिनिधिहरु, क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।